काठमाडौँ

चुनावपछि प्रदेश सरकार गठन भएको नौ महिना बितिसक्दा पनि अझै चार वटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन । "/>

प्रदेश नाम र राजधानीमा दलीय, जातीय र भेगीय स्वार्थको लडाइँ

प्रदेश नाम र राजधानीमा दलीय, जातीय र भेगीय स्वार्थको लडाइँ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चुनावपछि प्रदेश सरकार गठन भएको नौ महिना बितिसक्दा पनि अझै चार वटा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन । दलीय, जातीय र भेगीय स्वार्थका कारण प्रदेशको नाम र राजधानीको मुद्दा पेचिलो बन्दै गएको छ । विवादित बनिने र राजनीतिक स्वार्थ पूरा नहुने अवस्था देखिएपछि प्रदेशसभामा यी विषयले महत्व पाएका छैनन् । प्रदेशसभा तथा संसदीय दलको बैठकमा समेत यी विषय माथि छलफल हुन छाडेको छ ।

नाम र राजधानी टुंगो लाग्न नसकेका प्रदेश नंं १, ३ र ५ को सभामा नेकपाको दुई तिहाई बहुमत छ । संविधानले दिएको अधिकार प्रयोग गर्ने हो भने पनि यी प्रदेशमा नेकपाको निर्णय अन्तिम हुनेछ । प्रदेश नं. २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको बहुमतीय सरकार छ । यो प्रदेशमा पनि नेकपाको सहयोग भयो भने दुई तिहाई पुग्ने अवस्था छ । तथापि दलका नेताको भेगीय र जातीय स्वार्थले निर्णय गर्न अप्ठ्यारो पर्दै आएको छ ।
नागरिकबाट

 

Logo