काठमाडौँ

निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका र गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवश्यक रहेको आँकडा तयार पारेको छ । "/>

बाइस जिल्लाका २८ जनप्रतिनिधिका पद रिक्त : आयोग उपनिर्वाचनका लागि तयार

बाइस जिल्लाका २८ जनप्रतिनिधिका पद रिक्त : आयोग उपनिर्वाचनका लागि तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका र गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवश्यक रहेको आँकडा तयार पारेको छ । तर आयोगले निर्वाचन मिति र आवश्यक कानुन नपाउँदा निर्वाचनको प्रक्रिया अघि बढाउन सकेको छैन ।

आयोगले आफैंलाई निर्वाचनको मिति तोक्ने कानुनी अधिकार नभए पनि २२ जिल्लाका रिक्त विभिन्न २८ पदमा उपनिर्वाचन आवश्यक रहेको बताएको हो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगलाई कहाँकहाँ उपनिर्वाचन आवश्यक छ भन्ने बारेमा कुनै आधिकारिक जानकारी गराएको छैन ।

निर्वाचन आयोगले भने सरकारी स्तरबाट आधिकारिक डाटा कुरेर बसेको र निर्वाचनको मिति सरकारका तर्फबाट घोषणा भए उपनिर्वाचन गराउन तयारी अवस्थामा रहेको जनाएको छ । प्रमुख आयुक्त डा. आयोधिप्रसाद यादवले केही कानुनी जटिलता फुकुवा गरेर सरकारले रिक्त स्थानको डाटा दिए आयोग सरकारले तोकेको मितिमा रिक्त स्थानमा निर्वाचन गर्न तयार रहेको बताए ।

आयोगले तयार गरेको आँकडा अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–७, नवलपरासी सुस्तापूर्व बुङ्दीकाली गाउँपालिका–५, सुनसरीको धरान उपमहानगरपालिका–७, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको मटिहानी नगरपालिका–६, महोत्तरीकै बलवा नगरपालिका–२, रामेछापको उमाकुण्ड गाउँपालिका–५, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, अर्घाखाँचीको मालारानी गाउँपालिका–४, प्यूठानको ऐरावती गाउँपालिका–२ र ९, डोटीको आदर्श गाउँपालिका–२, अछामको मल्लेखा गाउँपालिका–५, बैतडीको दोगकाडेडार गाउँपालिका–४, कञ्चनपुरको पुनर्वास नगरपालिका–३, संखुवासभाको खाँदबारी नगरपालिका–३ र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ मा वडाध्यक्षको मात्रै उपनिर्वाचन गर्नुपर्ने आयोगको आँकडा छ ।

यस्तै सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका ११ वटै वडामा उपनिर्वाचन गर्नुपर्ने आयोगले बताएको छ । सो स्थानमा गएको निर्वाचनका बेला स्थानीयहरू निर्वाचन बहिष्कारमा उत्रिएका थिए भने कुनै उम्मेदवारको पनि उम्मेदवारी परेको थिएन । यस्तै, उदयपुरमा त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यका लागि उपनिर्वाचन गर्नुपर्नेछ । यस्तै, सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुखको समेत उपनिर्वाचन हुनेछ । सो स्थानमा निर्वाचित प्रमुखको मृत्यु भएको थियो ।

यसैगरी मकवानुरको राक्सिराङ गाउँपालिका सदस्य प्रदेशसभामा निर्वाचित भएपछि सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने आयोगको आँकडामा छ । यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका कार्यपालिका सदस्यको समेत मृत्यु भएका कारण त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्नेछ ।

यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिकाको कार्यपालिका सदस्यको पदसमेत रिक्त छ । गुल्मीको इस्मा गाउँपालिका कार्यपालिका सदस्य, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष, भक्तपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य, बैतडीको दोगकाडेडार गाउँपालिकाको वडा सदस्यको पदसमेत रिक्त छ भने जाजरकोटको छेडागाडा गाउँपालिका–७ मा महिला सदस्यको पद रिक्त छ ।
राजधानीबाट

Logo