ओखलढुंगा

जिल्लामा निर्माणाधिन विकासका ठूला आयोजना जनप्रतिनिधिको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण वर्षौँ देखि अलपत्र छन् । "/>

करोडौंका योजना अलपत्र : सात वर्ष सम्म जग पुरिएन

करोडौंका योजना अलपत्र : सात वर्ष सम्म जग पुरिएन

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा

जिल्लामा निर्माणाधिन विकासका ठूला आयोजना जनप्रतिनिधिको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण वर्षौँ देखि अलपत्र छन् । विद्यालय भवन, मोटरेवल पक्की पुल र सरकारी कार्यालयका भवन वर्षौ देखि निर्माण कार्य नै रोकिएका छन् । काम सुरु भए पनि ती निर्माण कार्य बीचमै पुगेर ठप्प भएका हुन् ।

ओखलढुंगाको लिखु र रामेछापको लिखु तामाकोशी जोड्ने पक्की पुल ०६८ सालमा ५ करोड ८६ लाखमा ठेक्का लागे पनि पिल्लर मात्रै ठडिएका छन् । ०७० सालमा सम्पन्न गर्नुपर्ने भए पनि उक्त पुल अझै अलपत्र छ । त्यसयता तीन निर्वाचन सम्पन्न भए ।

०७० सालको निर्वाचनमा त्यस क्षेत्रका सांसद रामहरि खतिवडा, ०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका प्रमुखका उम्मेदवार र संसदीय निर्वाचनमा सांसदका उम्मेदवारहरुको एक वर्षमै पुल बनाउने घोषणा थियो । तर अझै उक्त पुल निर्माण अन्योल छ ।

यस्तै जिल्लाको पूर्व–पश्चिम सडक घोराखोरी ओखलढुंगा सडकको बीचमा रहेको मोलुङ खोला मान्द्रे दोभानको पक्की पुल पनि ०७० सालमै ठेक्का लागे पनि अझै सुरु भएको छैन । पहिलो वर्ष डिजाइन नमिलेको भनेर परिर्वतन गरिए पनि पिलर हाल्ने जग खनेर त्यसै छोडियो । जग खन्दा लगातार एक्जाभेटर बिग्रिएपछि मशान लागेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले पूजाआजा समेत गरेका थिए ।

आफैँ मेयर आफैँ ठेकेदार

मान्द्रे पुल निर्माण गर्ने कम्पनी राजेन्द्र लोकप्रिय जेभीका मालिक भीमबहादुर साउद जाजरकोटका मेयर छन् । उनी निर्माणस्थलमै नआएको वर्षौँ भयो । खटाएका सब कन्ट्र्याक्टर समेत जिल्लामा सम्पर्कमा छैनन् ।

राजनीतिक पहुँचका आधारमा साउदले ठेक्का लिएका आयोजना निर्माण ठप्प भए पनि स्थानीय सरकारले कारवाही गर्न नसक्दा स्थानीय समेत आक्रोशित छन् । पछिल्लो समय त उनले सब कन्ट्र्याक्टरलाई दोष लगाउँदै पन्छिन खोजेका छन् । निर्माण कार्य किन रोकियो भनी सोध्दा उनी ‘सबकन्ट्र्याक्टरको लापरवाहीले पुल नबनेको’ जिकिर गर्छन् ।
अन्नपूर्णबाट

Logo