काठमाडौँ

धर्मकृति विहारका प्रमुख बौद्धविद्वान धम्मावती गुरुमाँले लुम्बिनीमा शुरु भएको त्रिपिटक वाचनले बुद्धदर्शन प्रसारमा गहकिलो योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । "/>

त्रिपिटक वाचनबाट बुद्धधर्मको प्रसारमा योगदान

त्रिपिटक वाचनबाट बुद्धधर्मको प्रसारमा योगदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

धर्मकृति विहारका प्रमुख बौद्धविद्वान धम्मावती गुरुमाँले लुम्बिनीमा शुरु भएको त्रिपिटक वाचनले बुद्धदर्शन प्रसारमा गहकिलो योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

धर्मकृति विहारमा कुरा गर्दै बौद्धधर्मका शीर्ष व्यक्तित्व गुरुमाँले भगवान् बुद्धले २६०० वर्ष अघि दिनुभएको शान्तिको सन्देश आजको युगमा अतिमहत्वपूर्ण रहेको बताउँदै बुद्ध दर्शनबाट नै स्वदेश तथा विदेशमा शान्तिप्राप्ति गर्न सघाउ पुग्ने अपेक्षा गर्नुभयो ।

वि.सं. २००४ अघि आफू पहिलो पटक बुद्धधर्ममा प्रवेश गरेको अवस्था भन्दा अहिले मुलुकमा अशान्ति बढिरहेको भन्दै उहाँले मानिसमा दयामाया निरन्तर घट्दै गएकाले नयाँ युवा पुुस्तालाई बुद्धधर्मको शिक्षा दिनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

गुरुमाँ धम्मावतीले थप्नुभयो, “नेपालको विद्यालयमा शिशु कक्षादेखि नै बुद्ध र शान्तिको महत्वबारे विद्यार्जन गर्ने अवसर दिन पाठ्यक्रममा बौद्धधर्म सम्बन्धी विषय समावेश गर्नुपर्छ ।” वि.सं १९९० मा पाटनको रुद्रवर्ण महाविहारमा जन्मनु भएका बौद्धविद्वान् धम्मावती गुरुमाँले बुद्धधर्मको ज्ञान आर्जन गर्न तथा त्रिपिटक पढ्ने धोको पूरा गर्न हालको म्यान्मा पुगेर १४ वर्षसम्म अविच्छिन्न ज्ञान आर्जन गर्नुभयो ।

भगवान् बुद्धले ४५ वर्षसम्म नेपाल, भारत, श्रीलङ्का सहित थुप्रै मुलुकमा बुद्धधर्मको प्रचारप्रसारका क्रममा धर्मोपदेश दिनुभएको थियो । त्रिपिटकमा ८४ हजार स्कन्द रहेको र त्यसको थोरै अंशमात्रै लुम्बिनीमा वाचन गरिनेछ ।

बुद्धको जन्मस्थान नेपालमा पनि धेरै मानिसलाई बुद्धका बारेमा सामान्य ज्ञान भए पनि त्रिपिटकका बारेमा अनभिज्ञ छन् । लुम्बिनीमा बुधबार देखि तीन दिनसम्म हुने त्रिपिटक वाचन बुद्धधर्मको प्रचारप्रसारका लागि धेरै महत्वपूर्ण छ । यही कात्तिक ३० गतेसम्म हुने त्रिपिटक वाचनमा विभिन्न १८ देशका बौद्धविद्वानको सहभागिता छ ।
रासस

Logo