काठमाडौँ

सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषण लगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । "/>

तक्मा बनाउन राज्यकोषबाट ९ करोड खर्च : हीरा, सुन र चाँदी किन्न प्रक्रिया सुरु

तक्मा बनाउन राज्यकोषबाट ९ करोड खर्च : हीरा, सुन र चाँदी किन्न प्रक्रिया सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषण लगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयबाट यस प्रयोजनका लागि ९ करोड रुपैयाँ आइसकेको गृह मन्त्रालयको विभूषण शाखाले जनाएको छ ।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्तले विभिन्न मानपदवीबाट सुशोभित भएकाका लागि तक्मा बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए । महाशाखाका अनुसार सुन र चाँदी राष्ट्र बैंकसँग खरिद गरिनेछ । हीरा भने प्राइभेट कम्पनीसँग टेन्डर गरी खरिद गरिनेछ । सबै तक्मा घरेलु कार्यालय अन्तर्गतका कालीगढले बनाउने सहसचिव पन्तले बताए । तक्मा तथा पदकमा जलप लगाउने कार्य भने राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखा सुन्धाराले गर्नेछ ।

सरकारले प्रदान गर्ने मानपदवी तथा अलंकारमा नेपाल रत्न, राष्ट्रगौरव, राष्ट्रदीप, जनसेवाश्री गरी विभिन्न श्रेणीका तक्मा छन् । ती तक्मा बनाउन प्रतितक्मा ५० हजार देखि १३ लाख रुपैयाँसम्म खर्च हुने गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपाल रत्न बनाउन मात्रै १३ लाख रुपैयाँ खर्च लाग्नेछ । गृहका अनुसार केही विभूषण ४ लाखदेखि १० लाखका छन् । २ देखि ३ लाख रुपैयाँसम्मका धेरै विभूषण रहेका छन् ।

सरकारले गत ३ असोजमा संविधान दिवसका दिन ५१८ जनालाई मानपदवी, अलंकार तथा पदक दिने घोषणा गरेको थियो । जसअनुसार यस वर्ष सबैभन्दा ठूलो नेपाल रत्न पदवी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई दिने निर्णय गरिएको थियो । पदक घोषणा गरिएपछि मात्रै गृह मन्त्रालयले यसबारे गृहकार्य थालेको हो । गृहका अनुसार ती पदक बनाउन झन्डै पाँच महिना लाग्नेछ । ३ असोज २०७५ मा घोषणा गरिएको पदक अगामी १ वैशाख २०७६ मा मात्रै राष्ट्रपतिबाट वितरण गर्ने कार्यक्रम तय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo