देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

मन्त्रिपरिषदका गोप्य निर्णयदेखि सुजाताको घरमा ‘लञ्च मिटिङ’ सम्म

मन्त्रिपरिषदका गोप्य निर्णयदेखि सुजाताको घरमा ‘लञ्च मिटिङ’ सम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

 

सुजाताको घरमा ‘लञ्च मिटिङ’, सिटौलाको समर्थन

 

नेपाली काँग्रेसको महासमिति बैठक नजिकिँदै जाँदा गुटगत राजनीति पनि राम्रैसँग फस्टाउने देखिएको छ ।

सभापति शेर बहादुर देउवाविरुद्ध लामो समयदेखि रस्साकस्सी खेल्दै आएका वरिष्ट नेता रामचन्द्र पौडेल पछिल्लो समय थप चिढिएका छन् । विजयकुमार गच्छदारलाई उपसभापति बनाइपछि उनी थप असन्तुष्ट बनेका हुन् । उनले विधानमै नभएको दुईजना उपसभापति मनोनित गर्न नहुने अडान राखे पनि राजनीतिक आवश्यकता भन्दै सभापति शेरबहादुर देउवाले गच्छादारलाई उपसभापति मनोनित गरेका थिए ।

देउवाको पेलान प्रवृतिविरुद्ध निरन्तर खवरदारी गर्दै आएका पौडेल समुहले आज गुटगत भेला नै आयोजना गरेका छन् । आज नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा पौडेल पक्षधरका नेताहरुको ‘लञ्च मिटिङ’ बसेका छन् ।

 

प्रारम्भिक अनुसन्धानले भन्यो- ‘एल्जिनाको बलात्कारपछि हत्या’

 

कन्चनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना नाघ्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन। हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका आमाबुबा, आफन्त र अधिकारकर्मीहरुले आइतबारदेखि अनिश्चितकालिन धर्ना शुरु गरेका छन्। 

उनीहरुले धर्ना शुरु गरेकै दिन उदयपुरमा पनि उस्तै प्रकृतिका घटना भएका छन्। रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया एल्जिना खड्काको शव मृत अबस्थामा फेला परेको हो।  स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना लाफागाउँको अमला जंगलमा मृत फेला परेकी हुन्। शनिबार बाख्रा चराउन गएकी एल्जिनाको मुखमा नेपकिन खादेको अबस्थामा फेला परेको हो।

गोप्य राखिएका मन्त्रिपरिषद बैठकका निर्णयहरु (भिडियोसहित)

 

आइतवार बेलुका करिव ४ घण्टा लामो मन्त्रिपरिषदको बैठक बस्यो । विगतमा बैठक सकिए लगतै सरकारका प्रवक्ताले पत्रकारहरुलाई बैठकका निर्णयहरु सुनाउने गरिन्थ्यो । तर आईतवार भने त्यस्तो कुनै निर्णयहरु सुनाइएन । तर पनि निर्णयहरु सुन्न बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कुरिरहेका पत्रकारहरु प्रवक्ताको बाटो पछ्याई रहे ।

बैठकका निर्णयहरु सुन्न आतुर पत्रकारहरुले अचम्मको खबर पाए । सरकारका प्रवक्ता गोकुलबास्कोटाले अबदेखि मन्त्रीपरिषद् बैठकका निर्णयहरु तत्काल नसुनाउने निर्णय भएको जानकारी दिएपछि पत्रकारहरु एकअर्काको मुख हेराहेर गरे । लगतै संचारमाध्यमले सरकारले मन्त्रिपरिषदका बैठकहरु सार्वजनिक नगरेको समाचार सम्प्रेषण गरे।  त्यसपछि सर्वसाधारणदेखि दिग्गज व्यक्तिहरुले समेत सरकारले सूचनाको हक खोसेको भन्दै सामाजिक संजालमा बिरोध जनाए। 

 

नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो

 

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा काङ्ग्रेसको भात्री सङ्गठन नेपाल विधार्थी संघले प्रधानममन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । सोमबार जलेश्वरको महेन्द्र चोकमा ने.वि.संघको सचिव नवीन झाको अगुवाईमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

 

भान्जीको बलात्कार गरि आत्महत्या

 

मकवानपुरमा १२ बर्षीय बालिका आफ्नै मामाबाट बलात्कृत भएकी छिन्। इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलका बालिका मामा घर आएको मौका पारी सानोपदम गोलेले बलात्कार गरेका हुन्। 

 

सिटामोल अब घरघरमा पुग्ने

 

सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । सिटामोलको माग बढि रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्ष भित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । 

 

पाकिस्तान सुपर लिगको सूचिमा परे सन्दिप र सोमपाल

 

नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनर बलर सोमपाल काामी र लेग सिप्नर बलर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टमा सन्दीप र सोमपाल दुबै खेलाडि पिएसएलको सूचिमा अटाउन सफल भएका हुन् ।

 

काठमाडौँ १ का वडाध्यक्षलाई महानगरको जिम्मेवारी

 

आकाशले छोडेपछि पलको पोल्टामा ‘विर विक्रम २’

 

चौबीस घण्टामा यमनमा करिब १५० जनाको मृत्यु

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo