काठमाडौं
संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ ।
सोमबार ( आज ) राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो ।
तर आइतबार साँझ दुईवटै राप्रपाका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाबीचको वार्तामा संवैधानिक राजसंस्था र चुनाव चिह्नका विषयमा सहमति जुट्न नसकेपछि एकता प्रक्रिया एकाएक भाँडिएको हो ।
महाराजगन्जस्थित होटल ‘ला शेर्पा’मा भएको वार्ताका क्रममा राप्रपा अध्यक्ष थापाले संवैधानिक राजतन्त्रलाई नै पार्टीको बटम लाइन बनाएर अघि बढ्नु पर्ने प्रस्ताव गरेका थिए भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले असहमति जनाएका थिए ।
त्यसपछि पुनः चुनाव चिह्नका विषयमा समेत थापाले ‘गाई’ प्रस्ताव गरेपछि राणाले असहमति जनाएका हुन् । राणाले भने ‘हलो’ चिह्न राख्नुपर्ने अडान लिएका छन् ।
राजधानीबाट





























प्रतिक्रिया