काठमाडौँ

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्रमुख प्राथमिकता दिएको भने पनि काठमाडौँ उपत्यका शहरी क्षेत्रको पुनःनिर्माण भने सुस्त छ । "/>

एक लाख तीन हजार ६१६ लाभग्राही मध्ये १८ हजार ४०२ मात्र घर निर्माण : उपत्यकामा पुनःनिर्माण सुस्त

एक लाख तीन हजार ६१६ लाभग्राही मध्ये १८ हजार ४०२ मात्र घर निर्माण : उपत्यकामा पुनःनिर्माण सुस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्रमुख प्राथमिकता दिएको भने पनि काठमाडौँ उपत्यका शहरी क्षेत्रको पुनःनिर्माण भने सुस्त छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका शहरी क्षेत्रमा निजी आवास निर्माणको काम एकतिहाईसम्म पनि हुन सकेको छैन ।

उपत्यकाको काठमाडौंँ, ललितपुर र भक्तपुरका एक लाख तीन हजार ६१६ लाभग्राही मध्ये हालसम्म जम्मा १८ हजार ४०२ लाभग्राहीको मात्र निजी आवास निर्माण सम्पन्न भएको छ । उपत्यकाका तीन जिल्लामा ८७ हजार ५६९ लाभग्राहीले पहिलो किस्ता लिए पनि घर निर्माण सुरु गरेर अन्तिम चरणको किस्ता बुझ्नेको सङ्ख्या १८ हजार ७२७ मात्र पुगेको छ ।

पहिलो किस्ताको रकम बुझेर पनि घर निर्माण सुरु नगर्नेको सङ्ख्या अधिक भए पछि प्राधिकरणले विभिन्न योजना ल्याए पनि ती योजना सफल हुन सकेका छैनन् । शहरी क्षेत्रमा आवास निर्माण अत्यन्तै महँगो भएका कारणले पनि कतिपयले आवास निर्माणको आँट गर्न सकिरहेका छैनन् ।

प्राधिकरणले सहरी क्षेत्रको लागि सहुलियत ब्याजदरमा २५ लाख रुपियाँसम्मको ऋण उपलब्ध गराउने नीति ल्याए पनि त्यो कार्यान्वयमा आउन सकेको छैन ।

सहरका भित्री बस्तीमा थोरै क्षेत्रफल भएका घर, एकै घरमा धेरैको स्वामित्व रहेको, क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति प्राधिकरणले बनाउन नसकेका कारण पनि समस्या समाधान हुन नसकिरहेको प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।

पछिल्लो पटक प्राधिकरणले पाँच वर्षको तीन लाख रुपियाँ सम्मको निब्र्याजी ऋण उपलब्ध गराउने योजना ल्याएको छ । त्यस्तै सम्पदा क्षेत्रमा घर बनाउँदा ५० हजार रुपियाँसम्म थप उपलब्ध गराउने निर्णय प्राधिकरणले गरेको छ ।
गोरखापत्रबाट

Logo