काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता वामदेव गौतमले निर्वाचनको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । "/>

मलाई अन्तर्घात गरेर हराए, निर्वाचन लड्छु : वामदेवको अडान कायमै

मलाई अन्तर्घात गरेर हराए, निर्वाचन लड्छु : वामदेवको अडान कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता वामदेव गौतमले निर्वाचनको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौँ । घोषणापत्रमा उल्लेख भएका विषयहरू लागू नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौँ’, गौतमले भने, ‘घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्छु ।’

गौतमले सरकार गठन भएको ८ महिना मात्रै भएको बताउँदै यसका काम हेर्न बाँकी रहेको सुनाए । ‘अझै चार वर्ष चार महिना बाँकी छ । समृद्धि हासिल गर्न सक्यो कि सकेन, भनेर अहिले भन्ने बेला होइन’, गौतमले अगाडि भने ।

यसैविच उनले आफू निर्वाचन लड्ने निर्णयबाट ‘ब्याक’ नभएको पनि जिकिर गरे । ‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको होइन । संसदमा जाने वा नजाने भन्ने पार्टीको निर्णय हो’, गौतमले भने, ‘तर, अब म कुनै नेतालाई मलाई सांसद बनाइदेऊ भन्न जान्न, घोषणापत्र कार्यान्वयनमा लाग्छु ।’

अब सरकारले घोषणापत्र अनुसार काम गरेन भने आफू केही साथीहरूको साथ र सहयोग लिएर कार्यान्वयन गराउनतर्फ लागि पर्ने पनि गौतमले जनाए ।

फरक प्रसङ्गमा उनले आफूलाई पार्टीका नेताहरूले अन्तर्घात गरेर चुनाव हराएको पनि आरोप लगाए । ‘त्यो क्षेत्रमा म निर्वाचन हार्ने अङ्कगणित थिएन । स्थानीय निर्वाचनमा काँग्रेसको २४ हजार मत थियो । नेकपा माओवादीको २६ हजार र एमालेको ३० हजार’, उनले भने, ‘यत्तिको फराकिलो मत हुँदाहुँदै पनि हार्न पुगेँ । म माथि अन्तर्घात भएको कुरा प्रस्टै देखियो, त्यहाँ चलखेल भएको छ । हाम्रो मत बिग्रियो ।’

उक्त निर्वाचनमा आफू विरुद्ध उम्मेदवारी दिएर विजयी बनेका काँग्रेस नेता सञ्जय गौतमको नाम नलिई उनले भने, ‘त्यहाँ पप्पु कन्ट्रक्सनलाई पुलको जिम्मा दिन पहल गर्ने काँग्रेसका नेता माननीय बने । बर्दियाको त्यो क्षेत्रमा जे जति काम भएका छन्, त्यसमा सबै मेरो योगदान छ ।’

Logo