काठमाडौं

भाइटीकाको दिन हरेक वर्ष खुल्ने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यो पटक पनि नखुल्ने भएको छ । "/>

रानीपोखरीको बालगोपालेश्वर मन्दिर यो वर्ष पनि नखुल्ने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर यो वर्ष पनि नखुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भाइटीकाको दिन हरेक वर्ष खुल्ने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यो पटक पनि नखुल्ने भएको छ । पुनःनिर्माणमा भएको लापरबाही र ढिलासुस्तीका कारण यो मन्दिर भाइटीकामा नखुल्ने भएको हो ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिन्थ्यो । तर ०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएकाले विगत ३ वर्ष देखि मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यता जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा भने आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउन सकिने बताइएको छ ।

Logo