रौतहट
राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन् ।
दीपावली, नेपाल संवत् तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपा नेता झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकोले मधेस आन्दोलनका मागहरु सम्बोधन गराउन आन्दोलन गर्नुपर्ने हुँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।
राजपाले सरकारलाई सर्त सहित समर्थन दिएको तर सरकारले कुनै वास्ता नगरेकोले समर्थन फिर्ता लिएर अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए । छठ भन्दा पहिले नै वा छठ लगत्तै बैठक बसी नेकपाको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता झाले स्पष्ट पारे ।





























प्रतिक्रिया