भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौ नेपाल भ्रमण स्थगित भएको छ । जनकपुरमा मनाइने रामजानकी महोत्सवमा प्रधानमन्त्री मोदी  सहभागी हुने कार्यक्रम थियो। "/>

नरेन्द्र मोदीको नेपाल भ्रमण स्थगित

नरेन्द्र मोदीको नेपाल भ्रमण स्थगित

केन्द्रबिन्दु
0
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौ नेपाल भ्रमण स्थगित भएको छ । जनकपुरमा मनाइने रामजानकी महोत्सवमा प्रधानमन्त्री मोदी  सहभागी हुने कार्यक्रम थियो। 

भारतमा आगामी नोभेम्बरमा हुन लागेको चुनावका कारण प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्थगित भएको हो। उनको सट्टामा भारतका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन्। सिंह र योगी कात्तिक २६ गते नेपाल आउन लागेको बताइएको छ । 

केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआएपनि केही फरक नपर्ने बताएका थिए । त्यस्तै भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको थियो। नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ ।

Logo