काठमाडौँ
यो वर्षको धनत्रयोदशीका दिन मात्रै झन्डै ४० किलो सुन र पाँच सय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ ।
यो दिन सुन तथा चाँदीको व्यापार अरु दिन भन्दा दोब्बर भए पनि गत वर्ष भन्दा कम भएको छ । यस दिन अरु दिन भन्दा दोब्बर व्यापार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । सोमबार मात्रै सुन झन्डै ४० किलो र चाँदी पाँच सय ५० किलो बिक्री भएको छ,’ शाक्यले भने, ‘यो अरु दिन भन्दा झन्डै दोब्बर हो ।’
अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ । यस वर्ष अरु दिन भन्दा दोब्बर भए पनि गतवर्षको तुलनामा कम नै भएको शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुन्थ्यो । चाँदी आठ सय किलोसम्म बिक्री हुने गथ्र्यो ।
यस वर्ष सुनको मूल्य महँगो हुँदा उपभोक्ताले किन्न रुची नदेखाएको शाक्यले बताए । विगत एक महिना देखि सुनको मूल्य ६० हजार हाराहारी छ । सुनको मूल्य उच्च बिन्दुमा पुगेकाले घटेपछि किनौंला भनेर उपभोक्ता पर्खिरहेको व्यवसायीको भनाइ छ ।
नागरिकबाट





























प्रतिक्रिया