काठमाडौं
बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले सीआईएसँग साँठगाँठ गरिरहेको गम्भिर आरोप लगाउनु भएको छ ।
स्थापितले संविधान, कानुन विपरित अराजक ढंगले मुख्यमन्त्री पौडेल चलिरहेको दावी गर्दै तिहारपछि उनी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिनु भयो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र सर्न नदिन मुख्यमन्त्री पौडेलले आफूलाई पदबाट बर्खास्त गरेको दावी समेत गर्नु भयो ।
स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रीपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । स्थापितलाई आफू माथि दुर्व्यवहार गरेको र कार्य सम्पादनमा चित्त नबुझेको भन्दै मुख्यमन्त्री पौडेलले पदबाट बर्खास्त गर्नु भएको थियो ।
स्थापितले मुख्यमन्त्री पौडेलले आफू माथि अनियमितता गरेको आरोप लगाएपछि मन्त्रीपरिषद बैठकमा त्यसको प्रतिवाद गर्नु परेको स्पष्टिकरण पनि दिनु भएको थियो । उहाँले आफूले अनियमितता गरेको पुष्टि गरेर देखाउन पनि मुख्यमन्त्री पौडेललाई चुनौति दिनु भयो । हेरौं भिडियोमा :





























प्रतिक्रिया