३५ लाख रुपैयाँमा एक किलो सुन !

३५ लाख रुपैयाँमा एक किलो सुन !

केन्द्रबिन्दु
0
Shares

नक्कली सुनलाई सक्कली भन्दै ठगि गर्ने गिरोहहरु सक्रिय भएको देखिएको छ। भक्तपुरमा एक किलो सुन ३५ लाखमै दिन्छु भन्दै ठगी गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँदेखि ५० लाखसम्म पर्न आउँछ। 

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ भर भई हाल काठमाडौंको मातातीर्थ बस्ने ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने ३६ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूका साथबाट सुनजस्तो देखिने एक थान बिस्कुट बरादम भएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरुले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै बिक्री गरी ठगी गरेको प्रहरीले जनाएको छ । 

गत वैशाख २८ गते रामेछापका २५ वर्षीय दीपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गरेको थियो ।

Skip This
Skip This
Logo