देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
मुख्य समाचारहरु
नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन भएको छ । मानवअधिकारकर्मी समेत रहेका तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो उनका परिवारका सदस्य तथा मानवअधिकारकर्मी गौरी प्रधानले जानकारी दिए । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो ।
को हुन् ‘लेडी डन’ माया शेरचन ? जो श्रीमानको ‘गुण्डाराज’ सम्हाल्थिन
विभिन्न हत्या काण्डमा हतियार व्यवस्थापन गरेको आरोपमा प्रहरीले माया शेरचनलाई पक्राउगरेको छ । गुण्डा नाईके समिरमान सिंह बस्नेतकी श्रीमती माया पनि लेडी डनको रुपमा परिचित छिन् । उनी विशेषगरी आफ्नो श्रीमानको गुण्डागर्दीको आडमा आफ्नो शक्ति प्रदर्शन गर्दै आएकी थिईन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न सरकारसँग माग गरिएको छ ।निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न माग गर्दै आईतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
सर्वाधिक पुरस्कार राशीको पीपीएलको उपाधिका लागि अब चितवनले मंगलबार पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टनभने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
नेपाली कांग्रेसले सर्लाही बन्द्य गराएको छ । आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेपाली कांग्रेसले जिल्ला बन्द गराएको हो । कांग्रेसको बन्दका कारण सवारीसाधन, विद्यालय तथा बजार पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
स्याङ्जाका मेयर कालिकोटमा कुटिए, रक्सी बन्यो विवादको कारक
स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन्।रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो। मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेका हुन् । मादक पदार्थ सेवन गरेका मेयरले पदको घमण्ड देखाउँखा विवाद सिर्जना भएको थियो । विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल भएको हो ।
बाबुबाट बलात्कृत १० वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिमखर्ककी ५० वर्षीया केवली नेपाली गत साउन २२ गते भारतबाट घर आईन् । भारतमा कमाएको केही पैसा बोकेर दशैं तिहारको लागि भन्दै उनी घर आएकी थिईन् । दशैं तिहार राम्रै तरिकाले मनाउने सोचका साथ शारदा नगरपालिका–८ सिमखर्क घर आएकी थिईन् । उनी घर आएको सोही ठाउँका १९ वर्षीय राजु भनेर चिनिने वीरवहादुर बस्नेतले चाल पाए ।
चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया