प्लाष्टिक हाम्रो दैनिकी बनिसकेको छ । हाम्रो वरिपरि सबैकुरामा प्लाष्टिक छ । कुरा गरौं हाम्रो भान्साको । तेल, नुन, मरमसला, पिठो, ब्रेड, बिस्कुट आदि सबैकुरा प्लाष्टिकमा प्याक भएको हुन्छ । "/>

हामीले दैनिक प्रयोग गर्ने प्लाष्टिक स्वास्थ्यको लागि खतरनाक बन्दै

हामीले दैनिक प्रयोग गर्ने प्लाष्टिक स्वास्थ्यको लागि खतरनाक बन्दै

केन्द्रबिन्दु
0
Shares

प्लाष्टिक हाम्रो दैनिकी बनिसकेको छ । हाम्रो वरिपरि सबैकुरामा प्लाष्टिक छ । कुरा गरौं हाम्रो भान्साको । तेल, नुन, मरमसला, पिठो, ब्रेड, बिस्कुट आदि सबैकुरा प्लाष्टिकमा प्याक भएको हुन्छ । पानी खान्छौं प्लाष्टिक कै बोतलमा । सामान राख्ने भाँडा प्लाष्टिक कै हुन्छ ।

सस्तो हल्का र बोक्नको लागि पनि सजिलो हुने भएकोले यसको प्रयोग बढि हुने गरेको छ । खानेकुरामा प्रयोग हुने प्लाष्टिकले हाम्रो स्वास्थ्यमा नकारात्मक असर हुन्छ । साथै पर्यावणमा पनि असर गर्छ ।

एक रिसर्चका अनुसार, पानीमा घुल्ने र बायो रसायनिक गतिविधिमा सक्रिय नहुँदा शुद्ध प्लाष्टिक कम विषाक्त हुन्छ । तर, यो अन्य प्रकारको प्लाष्टिक र रंग मिलाइन्छ तब यो हानिकारक सावित हुन सक्छ । गर्मीको मौसममा यो केमिकल्स खेलौना या दोस्रो प्रोडक्टमा रहेको पग्लिएर बाहिर निस्कन्छ ।

यो कुरालाई मध्यनजर गर्दै अमेरिकामा बच्चाको खेलौना र चाइल्ड केयर प्रोडक्टसमा यस्तो प्रकारको प्लाष्टिकको प्रयोग सिमित गरिएको छ । यूरोपमा सन् २००५ देखि प्लाष्टिकमा बेण्ड लगाएको छ । जापानमा समेत ९ देशहरुमा त्यसपछि बेण्ड गरेको थियो ।

क्वालिटीको जाँचः
हामी सबैजनाले पानी पिउनको लागि या टिफिनको बक्स पनि प्लाष्टिकको नै प्रयोग गर्छौ । तर, कहिल्यै पनि त्यसको पछाडि पट्टि के लेखेको छ भनेर ध्यान दिँदैनौं या हेर्दैनौ । कुनै चिन्ह छ या छैन ? हेर्नुपर्छ । राम्रो क्वालिटीको सामानमा चिन्ह हुन्छ । मार्क ब्युरो अफ इन्डियन स्टेन्डर्डले पत्ता लगाउँछ कि प्रोडक्ट क्वालिटीको छ या छैन् ।

यस चिन्हलाई ‘रिजन आइडेन्टिफिकेसन कोड सिस्टम’ भनिन्छ । यस ट्राइएगल्सको विच केही अंक पनि हुन्छ । यी अंकबाट थाहा हुन्छ, तपाईको हातमा भएको प्लाष्टिक कसरी बनेको छ ।

के छ असर ?
प्लाष्टिक केवल प्रकृतिको लागिमात्र खतरा छैन, हाम्रो स्वास्थ्यमा पनि प्रतिकुल असर गरिरहेको छ । प्लाष्टिकमा पाइने केमिकलले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ । प्रजनन क्षमतामा कमी आउँछ ।

उच्च रक्तचाप, गर्भमा हुर्किरहेको शिशुमा मस्तिष्कमा असर, मधुमेह, ब्रेस्ट क्यान्सर, एलर्जी, बच्चाहरुमा समय अगावै प्युबर्टी (शारिरक विकास) हुनु जस्ता समस्या आउन सक्छ । इन्ड्रोक्राइन सिस्टमलाई पनि असर गर्छ । जसले गर्दा शरिरको हर्मोन असन्तुलन भएर विभिन्न समस्या आउन सक्छ । यसमा प्रयोग हुने केमिकल बिसफेनल–ए (बीपीए) बाँझोपन, क्यान्सर, जन्मजात बिरामी, मधुमेह जस्ता रोगको कारक तत्व हो ।

के हो बीपीए ?
बीपीए एक केमिकल हो । यसको प्रयोग प्लाष्टिक निर्माणमा हुन्छ । यो खासगरी पलिकार्बोनेट प्लाष्टिक र इपाक्सी रेजिन्समा पाइन्छ । जुन त्यही प्लाष्टिक हो, जसमा खाना र पेयपदार्थ आदि स्टोर गरिएको हुन्छ । यो केमिकल खानेकुरामा सजिलैसँग घुलमिल हुन्छ । यसले शरिरलाई हानी गर्छ । शरिरमा यस केमिकलको मात्रा एक स्तरसम्म मात्र सुरक्षित हुन्छ । त्यसकारण जति सम्भव हुन्छ यसबाट बच्नु राम्रो हुन्छ ।

यसबाट बच्न के गर्ने ?
–भरसक प्लाष्टिकको प्रयोग नगरौं ।
–बच्चाको लागि प्रयोग गर्ने बोतल या कप किन्नुभन्दा पहिले लेवल जाँच गरेर मात्र किन्नुपर्छ ।
–धेरै दिनसम्म पानी प्लाष्टिकको भाँडामा राखेर नखाने ।
–हामीले प्रयोग गर्ने धेरैजसो प्लाष्टिकको सामानहरु अन्य धातु या काँचबाट पनि बनेको पाइन्छ । त्यसको प्रयोग गर्ने ।

Logo