सर्लाही । नेपाली कांग्रेसले सर्लाही बन्द्य गराएको छ । आफ्ना कार्यकर्ता हत्याको विरोधमा नेपाली कांग्रेसले जिल्ला बन्द गराएको हो । कांग्रेसको बन्दका कारण सवारीसाधन, विद्यालय तथा बजार पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
गत मंगलबार रामनगर गाउँपालिका वडा नम्बर ४, बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर कांग्रेस कार्यकर्ता स्थानीय ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो।
उक्त घटनाको विरोधमा शनिबार साँझ जिल्लाका मुख्य बजारहरूमा मसाल जुलुस निकालेको कांग्रेसले आइतबार एक दिन सर्लाही बन्दको घोषणा गरेको हो।
बिहान ७ बजेदेखि जिल्लाका सबै बजार र भित्री सडक बन्द गराइएको कांग्रेसका जिल्ला सभापति नागेन्द्र रायले जानकारी दिए। बजार बन्दको कार्यक्रम भने साँझ ५ बजेसम्म जारी रहने नेपाली कांग्रेस सर्लाही जिल्ला समितिले जनाएको छ।
जिल्लाका भित्री बजारहरू बन्द भए पनि राजमार्ग क्षेत्रका लालबन्दी, हरिवन, नवलपुरजस्ता मुख्य बजारमा भने बन्दको प्रभाव आंशिक मात्र परेको छ ।





























प्रतिक्रिया