बुटवल

रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिमाणमा लागुऔषध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ । "/>

३७ किलो चरेस सहित तीन जना पक्राउ

३७ किलो चरेस सहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुटवल

रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिमाणमा लागुऔषध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेस सहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधि समेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।

उक्त परिमाणको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । उक्त चरेस नेपाली मूल्यमा करीब १८ लाख बराबरको हुनसक्ने उहाँले बताउनुभयो ।
रासस

Logo