जनकपुरधाम

जनकपुरधामस्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई ठेक्काको बोपलत्र मूल्यांकन प्रक्रिया र निर्माण कार्यमा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । "/>

जनकपुर विकास परिषद्का अध्यक्षसहित १० जना विरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा

जनकपुर विकास परिषद्का अध्यक्षसहित १० जना विरुद्ध ७३ लाखको भ्रष्टाचार मुद्दा

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

जनकपुरधामस्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई ठेक्काको बोपलत्र मूल्यांकन प्रक्रिया र निर्माण कार्यमा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

तत्कालीन परिषद् अध्यक्ष दिगम्बर राय सहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय सहयोगमा बृहत्तरबाट रंगभूमि मैदान, गंगासागर र तिरहुतिया गाछी संरक्षण कार्य लगायत परिषदद्वारा सञ्चालित आठ वटा परियोजनाको ठेक्कामा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

परिषद्बाट गठित मूल्यांकन समितिले पाँच वटा ‘प्याकेज’का बोलपत्रको लागत अनुमान अंक भन्दा ३० प्रतिशत घटेको अख्तियारले बताएको छ । परिषद् नियमावली, २०५८ को नियम १५.९ को उपनियम ४ बमोजिम बोलपत्र अमान्य हुने भन्दै मूल्यांकन प्रक्रियामा समावेशै नगरी बोलपत्र स्वीकृत गरेको अख्तियार दाबी गर्छ ।

बदनियत वा लापरवाहीपूर्वक मूल्यांकन गरेका कारण परिषद्लाई मूल्य अभिवृद्धि कर बाहेक ६२ लाख ८८ हजार पाँच सय ६९ रुपैयाँ आठ पैसा भ्रष्टाचार भएको अख्तियारले बताएको छ । निर्माण कार्यको विभिन्न आइटममा ठेक्का सम्झौता भएको दरमा घटबढ हुने गरी भेरिएसन आदेश स्वीकृतबाट नौ लाख ८५ हजार आठ सय ३८ रुपैयाँ तथा अर्को ‘आइटम’ ठेक्कामा तीन लाख ५४ हजार ९५ रुपैयाँ भ्रष्टाचार भएको अख्तियार बताउँछ ।
अन्नपूर्णबाट

Logo