तामाकोशीको आइपीओ कुन ठाउँका बासिन्दाले कति पाए ? (बिस्तृत विवरण)

तामाकोशीको आइपीओ कुन ठाउँका बासिन्दाले कति पाए ? (बिस्तृत विवरण)


माथिल्लो तामाकोशीको शेयर बुधबार बाँडफाँड भएको छ । आयोजना प्रभावित वर्गका आधारमा शेयर बाँडफाँड गरिएकाले धेरै स्थानीयले अझै पनि आफुले कति शेयर पाए भन्ने एकिन जानकारी पाउन सकेका छैन। 

कहाँका बासिन्दाले कति पाए ?

कम्पनीले असार १६ गतेदेखि भदौ २१ गतेसम्म स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई क , ख र ग गरी ३ वर्गमा बर्गिकरण गरेको थियो । अति प्रभावितलाई क बर्ग  , प्रभावितलाई ख वर्ग  र कम प्रभावितलाई ग वर्ग गरी ३ तहको बर्गिकरण गरिएको हो ।  शेयर बाँडफांड गर्दा क वर्ग , ख वर्ग र ग वर्गलाई क्रमश ३, १.४ र १ को अनुपातमा शेयर बाँडफांड भएको हो ।

जस अन्तर्गत क वर्गमा ५ हजार ५० जनाबाट १३ लाख ८८ हजार ३ सय कित्ता, ख वर्गमा ८१ हजार २ सय ४२ जनाबाट १ करोड २७ लाख ८१ हजार २ सय ९० कित्ता र ग वर्गमा १ करोड ८९ लाख ९ सय २३ आवेदक बाट २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता गरी कुल २ लाख ७६ हजार २ सय १५ जना आवेदकबाट ३ करोड ७७ लाख ११ हजार ९ सय ६० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । 

क वर्गमा आवेदन दिनेले न्युनतम ३० देखि अधिकतम १०२ कित्ता शेयर पाएका छन् । यस वर्गमा ३० देखि १०० कित्ता शेयर माग गर्नेले माग गरेकै कित्ता पाएका छन् भने त्यस भन्दा बढी माग गर्नेले समान १०२ कित्ता पाएका छन् ।

ख वर्गमा आवेदन दिनेले न्यूनतंम ३० देखि अधिकतम ४८ कित्ता शेयर पाएका छन्   । यस वर्गमा ख वर्गमा ३० र ४० कित्ताको लागि आवेदन दिनेले सोमाग बमोजिम नै शेयर पाएका छन् भने सो भन्दा माथिको लागि आवेदन दिनेले समान ४८ कित्ता शेयर पाएका छन् । 

 ग वर्गमा आवेदन दिनेले न्युनतम ३० देखि अधिकतम ३४ कित्ता शेयर पाएका छन् । यस वर्गमा ३० कित्ताको लागि आवेदन दिनेले ३० कित्ता ४० कित्ताको लागि आवेदन दिनेले ३२ कित्ता र सो भन्दा बढीको लागि आवेदन दिनेले समान ३४ कित्ता शेयर पाएका छन् । बाँकि रहेको १५ सय ९८ कित्ता गोलाप्रथाबाट क वर्गमा आवेदन दिने १५ सय ९८ जनालाई थप १ कित्ता शेयर प्रदान गरिएको छ । यस हिसाबमा यी १५ सय ९८ जनाले १ सय ३ कित्ता शेयर पाएका छन्  । 

कुन ठाउँका बासिन्दा कुन वर्गमा ? 

क वर्गमा साविकका लामाबगर र गौरीशंकर गाविसमा बासिन्दाहरु रहेका छन् ।

ख वर्गमा साविकका ओराङ, बुलुंङ, खारे, लादुक, लामिडाडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमाक्ती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु , शहर गाविस र भिमेश्वर नगरपालिकाका १,२,३,४, र ७ नम्बर वडाहरु रहॆका छन् ।

ग वर्गमा आलम्पु, बाबरे, भेड्पु, भूसाफेदा, बिगु, बोच, चंखु, क्षेत्रपा, चिलखा, च्यामा, डाँडाखर्क, ताम्चेतदुधपोखरी, फस्कु, झुले, हांवा, घ्यांगसुकाठोकर, झ्याकु, जुगु, काब्रे, लापिलाङ, खोपाचागु, काटाकुटी, कालिन्चोक, मागापौवा, मार्बु, शैलुंगेश्वर, लाकुरीडांडा, मिर्गे, पवटी, श्यामा, मैलुंग सुरी गाविस तथा जिरी नगरपालिका र भिमेश्वर नगरपालिकाका ५,६,८,९,१०,११,१२,र १३ नम्बर वडाहरु रहेका छन् ।

Logo