वडाअध्यक्षमाथि गरिएको कुटपिटको विषयलाई लिएर मंगलबार रामनगर गाउँपालिका–४ बहुअरुवा टोलमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका कांग्रेस कार्यकर्ता रामविलास महतोको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।
वडाध्यक्ष माथि भएको कुटपीटका कारण दुईपार्टीबिचमा चुलिएकोे विवदले आन्दोलनको मोड लिएपछि ५६ वर्षीय महतोको घटनास्थलमै मृत्यु भएको थियो । गोलीको छर्रा लागेर घाइते भएका ४ जनाको अवस्था पनि साधारण रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
झडपमा गोली चलाउने अभियुक्त भने अझै पत्ता लाग्न सकेको छैन् । गोली चलाएर फरार भएका अभियुक्तलाई प्रहरीले खोजी गरिहेको छ । वडाअध्यक्ष महतोमाथि सोमबार कुटपिट गरिएको विषयमा मंगलबार दुई पार्टीका कार्यकर्ताबीच झडप भएको र झडपकै क्रममा गोली चलेको थियो ।





























प्रतिक्रिया