काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते ६ महिना देखि पाँच वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रम भित्र पर्दछ । परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रम अन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिनुभयो । बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ ।
६ महिना देखि पाँच वर्ष सम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उहाँले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताउनुभयो । उहाँले जुकाको औषधि एक वर्षदेखि पाँच वर्ष भित्रका बालबालिकालाई खुवाउने बताउनुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया