काठमाडौँ
रौतहटका सरकारी स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने औषधि अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि नहुँदा बिरामी निजी क्लिनिकमा महँगोमा औषधि खरिद गरेर खान बाध्य भएका छन् ।
सरकारले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरेर नागरिकको आधारभूत औषधोपचार निःशुल्क गरिएको दाबी गरिरहेको छ । तर रौतहटका अधिकांश स्वास्थ्य संस्थामा औषधि र दक्ष जनशक्तिको अभाव छ । स्थानीय तहले समयमै औषधि खरिद नगर्दा र सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मीको व्यवस्था नगर्दा रौतहटमा निःशुल्क उपचार प्रभावकारी हुन सकेको छैन ।
चन्द्रपुर नगरपालिकाका कुनै पनि स्वास्थ्यचौकीमा आवश्यक औषधि र स्वास्थ्यकर्मीको दरबन्दी छैन । आवश्यक औषधि, उपकरण र चिकित्सक नुहँदा नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउन सकेका छैनन् । गाउँको सरकारी स्वास्थ्यचौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि निजी क्लिनिकमा जाने गरेको डुमरियाका स्थानीय बासिन्दा भुमध्य चौधरीले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया