विराटनगर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जान प्रदेश मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । "/>

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड जाने : प्रदेश नं. १

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड जाने : प्रदेश नं. १

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जान प्रदेश मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीलाई विदेश गई उपचार गर्ने विषयमा निर्णय गरेको हो।

राईलाई गर्धन हल्लिरहने समस्या छ । सार्वजनिक कार्यक्रममा बस्दा समेत यो समस्याले सताउने गरेको छ । थाइल्याण्डमा राम्रो र गुणस्तरीय उपचार हुने भएकोले राई कात्तिक १६ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

राई कात्तिक २४ गतेसम्म थाइल्याण्डमा रहने प्रदेश आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए । मुख्यमन्त्री राई उपचारका लागि निजी खर्चमा विदेश जान लागेका हुन् ।
अन्नपूर्णबाट

Logo