काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नयाँ दिल्ली जानुहुने भएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई आजै साँझ काठमाडौँ फर्कनुहुने छ ।
भारतीय सत्तारुढ पार्टी (भाजपा) द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड आज दिल्ली जान लाग्नु भएको हो । इण्डिया फाउडेशनले नेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदै आएको छ । दुई महिना अघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जानु भएको थियो ।
गोरखापत्रबाट





























प्रतिक्रिया