एजेन्सी । क्यानडामा एक व्यक्तिले आफ्नो लिंग छोटो बनाईदिएको भन्दै अस्पतालविरुद्ध मुद्दा हालेका छन् । क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पतालमा उपचार गराउनका विरामीले आफ्नो लिंग १ इन्च छोटो बनाएको भन्दै मुद्दा हालेका हुन् । "/>

लिंगको साईज १ इन्च घटाईदिएको भन्दै अस्पतालविरुद्ध मुद्दा

लिंगको साईज १ इन्च घटाईदिएको भन्दै अस्पतालविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । क्यानडामा एक व्यक्तिले आफ्नो लिंग छोटो बनाईदिएको भन्दै अस्पतालविरुद्ध मुद्दा हालेका छन् । क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पतालमा उपचार गराउनका विरामीले आफ्नो लिंग १ इन्च छोटो बनाएको भन्दै मुद्दा हालेका हुन् ।

अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै भताभुंग भएको भन्दै उनले अस्पताल विरुद्ध मुद्दा हाल्दै १ लाख ५५ हजार डलर क्षतिपूर्ति माग गरेका छन् ।

नाम तथा अन्य परिचय गोप्य राखिएका ती पुरुषले आफ्नो लिंगको उपचारका क्रममा डाक्टरहरुले लापरवाही गरेको दाबी गरेका छन् । सन् २०११ मा आफ्नै श्रीमतीसँग सम्भोगका क्रममा लिंगमा चोट लागेपछि उनी उपचारका लागि उक्त ली गार्डर अस्पतालमा पुगेका थिए ।

अस्पतालमा पुराईएपछि उनलाई एकजना नर्सले सामान्य चेकजाच गरिन्, उनको लिंग नछोइकन हेरेर मात्र त्यसमा सानो चोट लागेको निष्कर्ष निकालिन् । त्यसपछि उनलाई कुनै उपचार नगरी केही औषधि दिएर घर पठाइयो ।

घर फर्किएपछि औषधि खाँदा केही दिनमा निको हुने आशामा रहेका ती पुरुषको लिंग झनै दुख्न थाल्यो, उनले सम्भोग गर्न सकेनन् । त्यसपछि अस्पताल गएर राम्रोसँग जाँच गराउँदा पो पत्तो लाग्यो उनको लिंगमा गहिरै चोट लागेको रहेछ र फ्याक्चर भएको रहेछ । त्यसपछि उनको लिंगको शल्यक्रिया गर्नुपर्यो र त्यसो गर्दा उनको लिंग एक इन्च छोटो भयो

Logo