1
1
1
1
1

पेट्रोलियम पाइपलाइन विस्तारका लागि निकुञ्जभित्रका रूख काट्न मन्त्रालयलाई पत्राचार

1
1
1
1
1
1

काठमाडौँ

पेट्रोलियम पाइपलाइन बिछ्याउन रूख काट्नु पर्ने भएको हुँदा सो कार्य शीघ्र अघि बढाउन नेपाल आयल निगमले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

पथलैयादेखि अमलेखगन्ज सम्मको ९ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएको र त्यस क्षेत्रका ५ हजार ३६५ वटा रूख काट्नुपर्ने हुँदा उक्त क्षेत्रको काम भने बाँकी नै छ । मोतीहारीदेखि रक्सौलसम्मको २३ दशमलव २ किलोमिटर काम सकिएको छ भने बाँकी १३ किलोमिटर मध्ये ३ किलोमिटर आगामी एक साताभित्र सकिने नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका संयोजक भानुभक्त खनालले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका रूख काट्ने र रूखको व्यवस्थापन गर्ने कार्यमा दुई–तीन दिन मात्र ढिलाइ हुँदा पाइलाइन बिछ्याउने कार्य कम्तीमा दुई महिना पर धकेलिने हुनाले रूख काट्ने काममा ढिलाइ गर्न नदिन मन्त्रालयलाई पत्र पठाइएको खनालले बताए । उनले भने, ‘पाइलाइन बिछ्याउन पर्सा राष्ट्रिय निकुञ्जका ५ हजार ३६५ वटा रूख काट्नुपर्नेछ, एक–दुई दिन काममा ढिलाइ हुँदा भारतबाट आएका पाइपलाइन बिछ्याउने कार्यमा संलग्न इन्जिनियर फर्केर आफ्ना घर जाने हुनाले पाइलाइन बिछ्याउने काममा असर पर्नेछ ।’

निकुञ्जभित्र रहेका रूख काट्न निकुञ्जबाट प्रमाणीकरण गरी वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि मात्र रूख काट्न मिल्ने उनले बताए । नेपालको लाइफलाइनका रूपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले ३५० करोड भारतीय रुपैयाँ लगानी गरेको छ ।

सो पाइपलाइन निर्माण सम्पन्न भएपछि पटनाबाट प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ भित्रिनेछ । पहिलो चरणमा परीक्षणका रूपमा डिजेल मात्र आउने बताइएको छ । पाइपलाइनबाट इन्धन आपूर्ति हुने भएपछि अमलेखगन्जको डिपोमा ७८ लाख लिटर इन्धन भण्डारण क्षमता पनि विस्तार हुनेछ ।
राजधानीबाट

प्रकाशित: २९ मंसिर २०७५ ०७:४४ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी