महेन्द्रनगर

दिनहुँ बलात्कार र महिला हिंसाका घटना बढ्न थालेको भन्दै राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले महिलाहरुका लागि सञ्चालन गरेको ‘आत्मरक्षा शिविर’ सम्पन्न भएको छ । "/>

महिलाहरुका लागि सञ्चालन गरिएको आत्मरक्षा शिविर सम्पन्न

महिलाहरुका लागि सञ्चालन गरिएको आत्मरक्षा शिविर सम्पन्न

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर

दिनहुँ बलात्कार र महिला हिंसाका घटना बढ्न थालेको भन्दै राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले महिलाहरुका लागि सञ्चालन गरेको ‘आत्मरक्षा शिविर’ सम्पन्न भएको छ । गत शनिवार देखि शुरु भएको शिविर ७ दिन सञ्चालन भइ शुक्रवार सम्पन्न भएको हो ।

शिविरमा सुदूरपश्चिम प्रदेशका झण्डै १७ सय जना महिलाहरुको सहभागीता रहेका थियो । शिविरबाट प्रतिकार गर्न सक्ने क्षमता बढेको सहभागीहरुको भनार्इ छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय गोजुरियो कराँते दो संघको संयुक्त आयोजनामा सुरु भएको आत्मरक्षा शिविरले महिला हिंसा न्यूनीकरणमा टेवा पुर्याउने विश्वास पनि गरिएको छ ।

सुदुरपश्चिम प्रदेशबाट सुरु गरिएको आत्मरक्षा शिविर देश भरि नै सञ्चालन गरिने आयोजकले दावी गरेको छ । महिला माथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणमा शिविरले सहयोग पुर्याएको बिश्वास आयोजकको छ ।
नेपाल समाचारपत्रबाट

Logo