गाईघाट

इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले कडाइका साथ दुई दिन देखि निरन्तर रुपमा बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन् । "/>

सरकारी अनुगमन विरुद्ध दुई दिन देखि व्यापारीको बजार बन्द

सरकारी अनुगमन विरुद्ध दुई दिन देखि व्यापारीको बजार बन्द

केन्द्रबिन्दु
0
Shares

गाईघाट

इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले कडाइका साथ दुई दिन देखि निरन्तर रुपमा बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन् ।

बजार अनुगमनको क्रममा इलाका प्रशासन र नगरपालिकाले बजारका विभिन्न पसलबाट अखाद्य वस्तु बरामद गर्नुका साथै दर्ता नै नगरी अवैध रुपमा सञ्चालन भएका केही पसल बन्द गराएपछि व्यापारी विरोधमा उत्रेका हुन् । कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले प्रशासनले मनपरि बजार अनुगमन गरेर दुःख दिएको आरोप लगाए ।

यता इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल पौडेलका अनुसार बजारका केही पसल दर्ता नै नगरी, कर नतिरी मनपरि ढङ्गले सञ्चालन गरेको पाइएकोले त्यस्ता पसल बन्द गरिएको छ । कानूनी प्रक्रिया पुराएर सञ्चालन गर्न प्रशासनले भनेको र केही कालोबजारी गर्ने व्यापारीलाई सामान्य कारवाही प्रक्रिया अगाडि बढाइएको प्रशासन कार्यालय प्रमुख पौडेलले जानकारी दिए । स्थानीय उपभोक्ता कृष्ण कार्कीले प्रशासन र नगरपालिकाले ठीक काम गरेको प्रतिक्रिया दिए ।
रासस

Logo