काठमाडौँ

सन् २०१८ को ९ महिना सम्ममा ७ लाख ७२ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । "/>

नौ महिनामा पौने ८ लाख पर्यटक नेपालमा

नौ महिनामा पौने ८ लाख पर्यटक नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सन् २०१८ को ९ महिना सम्ममा ७ लाख ७२ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष ( २०१७ ) को यो अवधिमा ६ लाख ६४ हजार १ पर्यटक नेपाल भित्रिएका थिए ।

२०१७ को ९ महिनामा भन्दा यसवर्ष १ लाख ८ हजार ८ सय १५ बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने पर्यटक संख्या झन्डै १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटक आगमनका दृष्टिकोणबाट २०१७ ले कीर्तिमान राखेको थियो । गत वर्ष कुल ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल आएका थिए । चालू अवस्थाकै वृद्धिदर आगामी तीन महिनासम्म कायम रहेमा यस वर्ष साढे ११ लाख भन्दा बढी पर्यटक भित्रिन सक्ने प्रक्षेपण गरिएको छ ।
कारोबारबाट

Logo