काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनु भएको छ । "/>

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री

पाँच वर्षपछि कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताउनु भएको छ ।

सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क…’ को सोमबार लोकार्पण गर्दै उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन प्रयत्नशील छ, तत्कालका लागि वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो, व्यवस्थित र कम जोखिमपूर्ण बनाइने छ । ”

नेपाल भित्रै रोजगारीको अवसर सिर्जना गर्नु र विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउनु चुनौतीपूर्ण भएको बताउँदै उहाँले नेपालको श्रम, सीप, जोश र जाँगर नेपालकै विकासमा लगाइनु पर्ने आवश्यकता औँल्याउनु भयो । नेपाल विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार, आर्थिक, सामाजिक विकास मार्फत ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भूगोल र भावनामा विभक्त भएको दुई वटा नेपाललाई एक आपसमा जोड्न गीत, सङ्गीत महत्वपूर्ण माध्यम भएको बताउनुभयो । रोजगारीका लागि विदेशिएका युवालाई स्वदेश फर्काउनु चुनौतीपूर्ण रहेको स्वीकार्दै उहाँले जहाँ रहेपनि मातृभूमिको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि स्पष्ट योजना बनाउन नसकिएको स्वीकार गर्नुभयो ।
रासस

Logo