काठमाडौँ
यसवर्षको दशैंमा कैदीवन्दीहरुको कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाह सम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दसैं, गणतन्त्र दिवस र संविधान दिवसको अवसरमा केही कैदीबन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३ जिल्लाका ७४ कारागारमा २० हजार कैदी छन् ।
नयाँ कानुन अनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिनेछ । यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजायँ भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ ।
कारागार व्यवस्थापन विभागका सुचना अधिकारी समेत रहनुभएका कटुवालका अनुसार कारागार कार्यालयले सिफारिस गरेका कैदीको नाममा जिल्ला प्रशासनले आवश्यक जाँचबुझ गरेर विभाग पठाए पश्चात कैद मिनाहको सिफारिस गृह मन्त्रालय पठाइने प्राबधान छ । लगत्तै मन्त्रिपरिषद्बाट पास गराएपछि कैद मिनाहा हुदैं आएको थियो । विभागका अनुसार गणतन्त्र दिवसको अवसरमा आठ सय भन्दा बढी कैदी जेलमुक्त भएका थिए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया