काठमाडौं
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याबारे प्रहरीले गरेको अनुसन्धान विश्वसनिय नभएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । घटनाबारे वैज्ञानिक तरिकाले अनुसन्धान गरी दोषी पक्राउ गर्न मानवअधिकार आयोगले निर्देशन दिएको छ ।
आयोगले संविधानको धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा २१ को उपधारा २ बमोजिम क्षतिपूर्तिको व्यवस्था गरी पीडित परिवारको न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ , ‘बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कार्य गर्नु पर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सुक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको छ । यस्तै आयोगले सरकारलाई ८ बुँदे निर्देशन पनि दिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया