नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आईतबारबाट नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो ।
आगामी असोज २९ गतेसम्म ५, १०, २० र एक सय दरका गरी जम्म एक जनाले जम्मा २७ हजार रुपैयाँ सम्म नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।
नयाँ नोट राष्ट्र बैंकको केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरुबाट लिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केही बाणिज्य बैंकहरुबाट पनि नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।





























प्रतिक्रिया