काठमाडौं
पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले दुई अध्यक्ष देश बाहिर भएका बेला संसद तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो ।
दुई पार्टीका जिल्ला तथा जनवर्गीय संगठनको एकतामा समेत ढिलाइ भइरहेका बेला अमेरिका तथा सिंगापुर भ्रमणबाट फर्किए लगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आइतबारका लागि सचिवालय बैठक बोलाएका हुन् । बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने जनाइएको छ ।
नेकपाभित्र पार्टीका तल्ला तहका समितिमा एकता हुँदा जिम्मेवारी कसले लिने भन्ने विषयमा पूर्व दुई समूह तथा ती समूहमा समेत आन्तरिक प्रतिस्पर्धाले तीन महिना भित्र हुने भनेको एकता लम्बिँदै गएको छ । प्रदेश तहको जिम्मेवारी समेत स्थायी समितिमा नलगि दुई अध्यक्षले निर्णय गरी सचिवालय मार्फत टुंग्याएको भन्दै पार्टी भित्रै विरोध हुँदै आएको छ । दुई पार्टीको एकता घोषणा भएको लामो समय पुगिसक्दा समेत आधिकारीक निर्णय गर्ने वैद्यानिक निकाय स्थायी समितिको बैठक बस्न सकिरहेको छैन ।
नागरिकबाट





























प्रतिक्रिया