काठमाडौं
नजिकिंदो दशै तिहार संगै उपत्यकामा चोरीका घटना बढ्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । महानगरिय प्रहरी परिसरले अन्य प्रहरी वृत्तसंग समन्वय गरि ‘चाडपर्व लक्षित उपत्यका चोरी नियन्त्रण सुरक्षा योजना’ सञ्चालन गरि तीन दिन भित्रै चोरी तथा लुटपाटमा संलग्न ९१ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
प्रहरीले चाडपर्व नजिकिदै जाँदा रातको समयमा मात्र हैन दिउसोको समयमा समेत चोरीका घटनाहरुमा अत्याधिक वृद्धि भएको उल्लेख गर्दै आम नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
पछिल्लो समय धेरैजसो चोरीका घटना दिउसो घटेको पाइएको छ । दिनको समयमा बाहिर निस्कदा आफ्नो घरको झ्याल ढोका राम्रो संग लगाउने, धेरै गरगहना नलगाउने, लगाएपनि होसियारी अपनाउने, नगद बोकेको बेलामा होसियारी अपनाउने, शंकास्पद व्यक्ति तथा नचिनेको व्यक्तिसंग हिमचिम नबढाउने, बैक तथा वित्तिय संस्थाबाट रकम झिक्दा पनि सुरक्षित तरिकाले राखेर मात्र निस्कने तथा चोरी लुटपाट भैहालेमा तत्काल प्रहरिलाई खवर गर्न पनि आग्रह गरिएको छ । सार्वजनीक यातायातमा यात्रा गर्दा तथा भिडभाडमा यात्रा गर्दा विशेष सजकता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।
प्रहरीका अनुसार सार्वजनीय यातायात र भिडभाडमा पकेटमारिको घटना धेरै भएको छ भने दिउसोको समयमा बन्द रहेको घरहरुमा कोहि नभएको मौका छोपि ताल्चा फोडेर चोरी हुने गरेको पाइएको छ । रातको समयमा विशेष गरि सहकारी तथा वित्तिय संस्थाहरुमा चोरी हुने गरेको पाइएको छ ।
महानगरिय अपराध महाशाखाको प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तोष खड्काका अनुसार भिडभाडको फाईदा उठाई हुने पाकेटमारी, लुटपाट , सिक्रि तथा सुनका गरगहना तान्ने लगायत अन्य अपराधिक घटनाहरु ठगि, प्रलोभन, झुक्यान आदी घटनाहरु मात्र हाइन डलर देखाई साटिदिन्छु भन्ने, सुन खसालि हुने ठगि, सुन किन्ने बहाना बनाई नक्कलि सुन देखाई ठगी गर्ने, खुर्सानीको धुलो प्रयोग गरि हुने लुटपाट ,बिष्कुटको हिलो बनाई लगाई गरिने ठगी आदिका घटनाहरु न्युनिकरणका लागि प्रहरीले विशेष योजना नै सञ्चालन गरेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया