काठमाडौं । चिकित्सकहरुकै मत बाझिएपछि एक बलात्कृत बालिका न्याय पाउनबाट वञ्चित भएकी छन् । धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार काण्डमा डाक्टरहरुले दुई थरीका मत प्रकट गरेका हुन् । "/>

डाक्टरकै मत बाझियो, ‘एउटा भन्छ बलात्कार भयो, अर्को भएको होईन’

डाक्टरकै मत बाझियो, ‘एउटा भन्छ बलात्कार भयो, अर्को भएको होईन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिकित्सकहरुकै मत बाझिएपछि एक बलात्कृत बालिका न्याय पाउनबाट वञ्चित भएकी छन् । धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार काण्डमा डाक्टरहरुले दुई थरीका मत प्रकट गरेका हुन् । उक्त बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ ।

बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् । पीडितको शारीरिक अवस्थासँगै उचाईमा समेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ ।

जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ । गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेका थिए ।

स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखि पठाइएको महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले जानकारी दिए ।

जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा. विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ । तर, जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ ।

Logo