काठमाडौँ

बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा चार जिल्लाका सांसदले रूख काट्न हतार गरेकोमा सरकारको आलोचना गरेका छन् । "/>

डीपीआर तयार नभएसम्म रूख नकाट्न सम्बन्धित क्षेत्रका सांसदहरुको अनुरोध : निजगढ विमानस्थल निर्माण

डीपीआर तयार नभएसम्म रूख नकाट्न सम्बन्धित क्षेत्रका सांसदहरुको अनुरोध : निजगढ विमानस्थल निर्माण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा चार जिल्लाका सांसदले रूख काट्न हतार गरेकोमा सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका रौतहटका माधवकुमार नेपाल देखि मकवानपुरका विरोध खतिवडासम्मले रूख काट्न हतार गरेकोमा आपत्ति जनाएका हुन् ।

बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने क्षेत्रफल तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रूख काट्न स्वीकृति माग गरेको छ । वन क्षेत्र भएकाले सो क्षेत्रका साँढे ७ लाख रूख कटानका लागि पर्यटन मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पत्राचार गरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक रूपमा डीपीआर तयार भएपछि मात्रै रूख कटानको काम हुने बताउँदै आए पनि वन मन्त्रालयमा पत्राचार गरी छिटो स्वीकृतिका लागि आग्रह गरिरहेका छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणमा असर पर्ने गरेर निजगढ विमानस्थलका रूख कटानका लागि स्वीकृति दिन नसकिने बताएका छन् । ‘हामीले पर्यटन मन्त्रालयबाट आएको प्रस्तावको विषयमा अध्ययन गरिरहेका छौं, वनले विकासमा बाधा पु¥याएको आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘हामी पनि वातावरणमा कम क्षति पुग्नेगरी अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने विषयमा सचेत छौं ।’ वन क्षेत्रमा रूख कटान भएपछि त्यसै स्थानमा विमानस्थल बन्ने सुनिश्चत हुनका लागि डीपीआर तयार हुनुपर्ने वन मन्त्रालयले बताउँदै आएको छ ।

संसदमा सत्ता पक्षसँगै प्रतिपक्षका सांसदले रूख कटानको विषयमा प्रश्न उठाउँदै आएका थिए । मकवानपुरबाट संसदमा प्रतिनिधित्व गरेका सांसद विरोध खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पैसा कसले दिने टुंगो नलागेको र कुन मोडलमा बन्ने भन्ने विषयमा निधो नभईकनै रूख कटानको प्रस्ताव आउँदा शंका उब्जिएको बताएका छन् । ‘विमानस्थल निर्माणको लागत कति आउँछ थाहा छैन, रनवे कतिवटा बनाउने थाहा छैन, अहिलेसम्म केही पनि थाहा छैन,’ उनले प्रश्न गरे, ‘तर रूख चाहिँ काटिहाल्ने, बेचिहाल्ने, लाज भन्ने कुरा हुँदैन ? सरम भन्ने हुँदैन अलिकति ? दिनदहाडै डाँकागिरी ?’

आफू निजगढ विमानस्थल निर्माण गर्ने पक्षमा रहेको तर डीपीआर नै नबनी रूख कटानको विषय अगाडि आएकाले सांसद खतिवडाले विरोध गरिरहने बताएका छन् ।

‘यो विमानस्थल बनाउने विषयको टुंगो लागे पनि कुन मोडलमा र कसरी बन्ने भन्ने विषय निधो हुन नै अझ दुई–चार वर्ष लाग्छ,’ उनले भने, ‘विमानस्थल बनाउन आवश्यक पर्ने डीपीआर नै तयार नभई अहिले नै भटाभट रूख काट्नु हुँदैन ।’ अन्तर्राष्ट्रियस्तरका विमानस्थल बनाउने १ हजार ३ सय हेक्टर क्षेत्रफल भए पुग्ने भएकाले अन्य क्षेत्रलाई हरियाली कायमै राख्नु पर्ने उनको सुझाव छ ।
राजधानीबाट

Logo