काठमाडौँ
नयाँ बानेश्वर स्थित संगम मिठाई पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
विभागको अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि सो मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुवैमा सिलबन्दी गरेको हो ।
मंगलबार अनुगमन टोलीले सो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित विक्री वितरण केन्द्रको अनुगमन गरेको थियो । अनुगमनको क्रममा मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडर लगायतका कच्चा सामग्रीहरुको परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्पाएर’ पाउडरको समेत प्रयोग भएको पाइएपछि सो मिठाई पसल सिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत र्इश्वर सुवेदीले जानकारी दिए । विभागले सो पसललाई खाद्य ऐन अन्तर्गत कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।
सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौं लगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।
राजधानीबाट





























प्रतिक्रिया