पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् । "/>

ओलीको बोली सधैं उल्टो : मुख्यमन्त्री गुरुङ ( गण्डकी प्रदेश )

ओलीको बोली सधैं उल्टो : मुख्यमन्त्री गुरुङ ( गण्डकी प्रदेश )

केन्द्रबिन्दु
3
Shares

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् ।

चीनको हाइनान प्रान्तको पाँच दिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ घरघरमा पुग्या छन्, उनले जे बोल्यो त्यही पोलिसी हुन्छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसेर उडाउँछन् ।’ चीनले गरेको विकासबारे जानकारी गराराउने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

ग्वाङझाउ प्रान्तबाट छुट्टिएको ३० वर्षमै हाइनानले उच्चस्तरको विकास गरेको उनले बताए । शासकीय पद्धतिले पनि विकासमा असर पार्ने उनको भनाइ थियो । ‘हाम्रो सिस्टम फरक छ, केही गर्न खोज्यो के–के प्रक्रिया मिलाउनुपर्छ, अध्ययन गर्नुपर्छ’, मुन्यमन्त्री गुरुङले भने, ‘तर कतिपय मामिलामा हामी अगाडि पनि छौं, विकासका लागि संघ र प्रदेशबीच सहकार्य चाहिँदो रहेछ, आफ्नो विशेषतामा आधारित रहेर विकास गर्नु पर्दोरहेछ भन्ने हामीले चीनबाट सिकेर आयौं ।’

तीन दशकमै हाइनान प्रान्त ‘प्याराडाइज’ ( स्वर्ग ) जस्तो बन्नुको पछाडि त्यहाँका शासकको दीर्घकालीन सोच, जनतामा अपनत्वको भावना र शासन प्रणाली नै मुख्य रहेको आफूले पाएको उनले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo