६ माघ २०७८ बिहीबार

सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड र आगजनी

कञ्चनपुर । चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा भर्ना गरेको भन्दै पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयमा आगजनी गर्नुका साथै प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन् ।

गत आइतबार बैद्य निकट विद्यार्थी संगठनले विश्वविद्यालयामा तोडफोड आगजनी र प्रिन्सिपल डा. भुपेन्द्र बिष्टको कुर्सी जलाएका थिए । नेपाल विद्यार्थी संघका नेता किशोरप्रशाद जोशीले विश्वविद्यालय भित्र हुँदै आएको कर्मचारीको बेथिति विरुद्धमा कुर्सी जलाएको बताए ।

कुर्सी जलाएपछि उनीहरुले अवैधानिक नियुक्ती खारेजीको गर्नुपर्ने धारण राखेका थिए । विद्यार्थी संगठन एवं नेताहरुले सुप विश्वविद्यालय सुधार नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नातावाद, भ्रष्टाचार र आफन्त भर्ति केन्द्र बनाएको भन्दै ईन्ट्रीग्रेटी फोरमले चार दिनदेखि रिले अनसन थालेको छ ।  सुदूरपश्चिम विश्वविद्यालयले भने कुनैपनि कर्मचारी, शिक्षकलाई अवैधानिक ढङ्गबाट नियुक्ती नगरिएको दावी गरेको छ ।

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा. भुपेन्द्र विष्टले प्रकृयागत ढङ्गबाट करार र दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको बताए । चार अर्थशास्त्रका प्राध्यापक र विभिन्न विभागका २० जनालाई दैनिक ज्यालादारीअनुसार भर्ना गरिएको उनको भनाई छ ।

प्रकाशित: ४ पुष २०७५ १२:५३ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी