पोखरा । पोखरामा एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका– ३ को पालिखेचोक नजिकै रहेको प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । "/>

पोखरा घट्यो फेरि अर्को घटना, हत्या गरिएको अवस्थामा युवकको शव फेला

पोखरा घट्यो फेरि अर्को घटना, हत्या गरिएको अवस्थामा युवकको शव फेला

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरामा एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका– ३ को पालिखेचोक नजिकै रहेको प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन ।

उनको टाउको र खुट्टामा हतियारको गम्भीर चोट लागेको छ । कवाडि सामानहरु संकलन गर्दै आएका उनको कसले र किन हत्या गरेको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

Logo