काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारलाई साँढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । "/>

वालुवाटारमा बगैंचा सिंगार्न मात्र साँढे पाँच करोड

वालुवाटारमा बगैंचा सिंगार्न मात्र साँढे पाँच करोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री निवास बालुवाटारलाई साँढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । निवास छिर्ने बित्तिकै चारैतिर रंगीबिरंगी बगैंचा बनाइएको छ । बगैंचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्य सहितको ल्यान्डस्केप ( बगैंचा व्यवस्थापन ) को कार्य अन्तिम चरणमा पुगेको हो । बगैंचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ ।

सरकारले दुई वर्ष अघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ । भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो । त्यो अहिले अन्तिम चरणमा पुगेको छ ।

बगैंचा व्यवस्थापनको ९० प्रतिशत काम सकिएको कार्यालयका प्रवक्ता सिनियर इन्जिनियर चन्द्रशेखर महतोले जानकारी दिए । कार्यालयले २०७३ साल ८ भदौ देखि बगैंचा व्यवस्थापन थालेको थियो। एक महिनाभित्र बगैंचा व्यवस्थापन सकेर त्यसलाई हस्तान्तरण गरिने प्रवक्ता महतोले जानकारी दिए ।
अन्नपूर्णबाट

Logo