काठमाडौँ
बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई जना डाक्टरलाई कारबाही सिफारिस भएको छ । धनुषाकी १२ वर्षीया बालिका माथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ । गत भदौ ८ मा बालिका माथि बलात्कार भएको अध्ययन र घटनास्थलको मुचुल्काले देखाएको थियो । त्यसपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए ।
त्यसपछि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । सिरहा अस्पतालले बालिका माथि बलात्कार भएको रिपोर्ट दिएको छ । सरकारी वकीलको कार्यालय धनुषाले जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो । समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिव लगायत सदस्य छन् । समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नागरिकबाट





























प्रतिक्रिया