काठमाडौँ
नेपाल दुरसञ्चार प्राधिकरणले अहिलेसम्म बीस हजार पोर्न साइट बन्द गरेको जनाएको छ । प्राधिकरणका सूचना अधिकारी एवं वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार सोमवारसम्म बीस हजार पोर्न साइट बन्द गरिएको छ ।
खनालका अनुसार इन्टरनेट सेवा प्रदायक ( आइएसपी ), नेटवर्क सेवा प्रदायक ( एनएसपी ) र भ्वाइस सेवा प्रदायक ( भीओआइपी ) लाई निर्देशन जारी गरेर अश्लिल वेबसाइट बन्द गराइएको छ ।
खनालले नेपालबाट ३ देखि ४ लाखसम्म त्यस्ता साइटमा पहुँच हुने गरेको अनुमान रहेको जानकारी दिए । तर जानकारहरुका अनुसार पोर्न साइटको संख्या त्यो भन्दा कयौं गुणा ज्यादा छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर अश्लिल साइटको विवरण संकलन गर्दै क्रमशः बन्द गर्न आदेश दिएको हो ।
प्राधिकरणले अहिले कन्टेन्ट फिल्टर सामग्री खरिद प्रक्रिया अगाडि बढाएको पनि सूचना अधिकारी खनालले जानकारी दिए । अश्लिल साइट बन्द गराउन नियमित काम बाहेक केही बोझ थपिएको भएपनि खासै समस्या नआएको खनालले जानकारी दिए ।
मुलुकमा बलात्कार एवं यौनजन्य हिंसाका घटना बृद्धि भएसँग सरकारले इन्टरनेटका अश्लिल सामग्री नियन्त्रण गर्न पोर्न साइट बन्द गर्ने निर्णय लिएको हो ।
नागरिकबाट































प्रतिक्रिया