काठमाडौँ

प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रम सृजना गरेको आरोप लगाएका छन् । "/>

अब शिक्षामन्त्री बिरुद्ध नै आन्दोलन गर्छु : डा. केसी

अब शिक्षामन्त्री बिरुद्ध नै आन्दोलन गर्छु : डा. केसी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रम सृजना गरेको आरोप लगाएका छन् ।

सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै डा. केसी मन्त्री बिरुद्ध खनिएका हुन् । संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा. केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे । जवाफमा मन्त्रीले डा. केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए ।

केसीले शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदन विपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको उनको आरोप छ । सीटीईभीटी, नर्सिङ लगायतका कलेजहरु कार्यक्रम सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको बताउँदै डा केसीले भनेका छन्, ‘त्यसमा शिक्षामन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’

‘ती कार्यक्रमहरुलाई चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारमा जान नदिने र आफैंले स्वीकृती प्रदान गरी आर्थिक लाभ लिने निहित स्वार्थ बमोजिम हामीसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका छन् ।’ उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
नेपाल समाचारपत्रबाट

Logo