काठमाडौं उपत्यकामा आज १ हजार ७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार ७ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार ७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८३ हजार ८२५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ५२३ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ३८७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ३ हजार ७३५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ । आज १ हजार ९८० जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ४३ छ ।

आजको पिसिआर परीक्षण १० हजार ३८१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ७० हजार ४५६ रहेको छ । आज १८ हजार ८८४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo