तनहुँ । तनहुँमा बस र माइक्रोबस एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा मंगलबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किदा २ महिलाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । अन्य सामान्य घाइते भएका ६ यात्रुको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया