काठमाडौँ

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ । "/>

मन्त्रिपरिषद कार्यालयद्वारा मन्त्रालयहरुका काम कारवाही माथि निगरानी शुरु

मन्त्रिपरिषद कार्यालयद्वारा मन्त्रालयहरुका काम कारवाही माथि निगरानी शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

दुई तिहाई बहुमतबाट बनेको शक्तिशाली सरकारमाथि जनताको विश्वास र भरोसा पातलिँदै गएको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा लिएको सरकारबाट प्रतिबद्धता अनुसार काम नभएपछि जनतामा आशंका र चिन्ता बढेको हो ।

स्वयं सत्तारुढ नेकपाका उच्च नेता नै सरकारको कामबाट असन्तुष्ट छन् । अध्यक्ष पुष्पकमल दाहालले भाषण मात्रै गरिरहे जनताले कम्युनिस्टको विकल्प खोज्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएका छन् । वरिष्ठ नेता माधव कुमार नेपालले चावहिल जोरपाटी सडकखण्ड निर्माणका विषयमा झुट बोलेको भन्दै यातायात मन्त्री रघुवीर महासेठको चर्को आलोचना नै गरे । नेपाल मन्त्रीसँगै उक्त सडक निरीक्षणमा पुगेका थिए ।

सुरुवातमा केही सुधारका काम अगाडि बढाए पनि पछिल्लो समय कञ्चनपुरको निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणको फितलो अनुसन्धान, विभिन्न कार्ययोजना घोषणा गर्ने तर काम नगर्ने ( मेलम्चीको पानी भदौमा काठमाडौं आउने भनिएको थियो, तर अहिलेसम्म आएको छैन ) , काठमाडौंका खाल्डाखुल्डी अझै नपुर्नु, सार्वजनिक यातायातको भाडा वृद्धि तथा आर्थिक समृद्धिका लागि द्रुतगतिमा काम नहुनुले सरकार आफ्नै दलका नेता ,कार्यकर्ता, र प्रतिपक्ष तथा आमजनताबाट आलोचित बन्न पुगेको छ ।

यसरी आलोचित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मन्त्रालयहरुका काम कारवाही माथि निगरानी बढाएको छ । सरकार बनेको ६ महिना वितिसक्दा पनि अपेक्षाकृत प्रगति नभएको र चौतर्फी आलोचना मात्रै भएपछि प्रधानमन्त्री ओलीले मन्त्रालयका काम कारवाहीमाथि निगरानी बढाएका हुन् । यसका लागि मन्त्रिपरिषदले प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखालाई अख्तियार प्रत्यायोजन गरेको छ ।

कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालयगत कामलाई प्रधानमन्त्री मातहत ल्याई अनुगमन माथि अनुगमन गर्न सचिव केदार बहादुर अधिकारी प्रमुख रहेको महाशाखालाई अख्तियार प्रत्यायोजन गरिएको हो । अनुगमन माथि अनुगमन भन्नाले आफू मातहत निकायको अनुगमन गरिरहेको मन्त्रालय माथि प्रधानमन्त्री कार्यालयले अनुगमन गर्ने हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोद बहादुर कुँवरले मन्त्रालयका कामकारवाहीलाई प्रभावकारी बनाउन अनुगमन भइरहेको बताए । ‘मन्त्रालयले आफूले ल्याएको कार्ययोजना अनुसार काम गर्‍यो कि गरेन भनेर हेर्छौं । भएन भने किन भएन, समस्या के हो पत्ता लगाउने र समाधानका लागि समन्वय गर्छौ’, उनले भने ।
नागरिकबाट

Logo